दफा
उपभोक्ता संरक्षण परिषद्को गठन

(१) उपभोक्ताको हक हित संरक्षण सम्बन्धी विषयमा नीति निर्माण गर्न तथा उपभोक्ताको हक हितका सम्बन्धमा नेपाल सरकारलाई
सुझाब दिनको लागि एउटा उपभोक्ता संरक्षण परिषद् गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको परिषद्मा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू
रहने छन् –
(क) आपूर्ति मन्त्री वा आपूर्ति राज्यमन्त्री – अध्यक्ष
(ख) … … …
(ग) सचिव, आपूर्ति मन्त्रालय – सदस्य
(घ) सचिव, उद्योग मन्त्रालय – सदस्य
(ङ) सचिव, कृषि मन्त्रालय – सदस्य
(च) सचिव, गृह मन्त्रालय – सदस्य
(छ) सचिव, वाणिज्य मन्त्रालय – सदस्य
(ज) महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग – सदस्य
(झ) अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ – सदस्य
(ञ) उपभोक्ताको हक हितसँग सम्बन्धित गैर सरकारी संस्थाबाट नेपाल सरकारले मनोनीत गरेको प्रतिनिधि तीनजना – सदस्य
(ट) उपभोक्ताको हक हितसँग सम्बन्धित क्षेत्रमाकार्यरत महिलाहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको महिला प्रतिनिधि
दुईजना – सदस्य
(ठ) नेपाल सरकारले तोकेको नेपाल सरकारको अधिकृत – सदस्य
(३) उपदफा (२) को खण्ड (ञ) र (ट) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ र निजहरू एक अवधिको लागि पुन मनोनीत हुन सक्नेछन् ।
(४) परिषद्का अध्यक्ष तथा सदस्यहरूले नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक
भत्ता पाउनेछन् ।